
वीरगन्ज, ३ पुस–पर्सा प्रहरीले चार किलो अबैध सुनसहित एक बस चालकलाई बुधबार विहान पक्रेको छ । ना ४ ख २५२४ नम्बरको रात्री बस चालक दिनेश चौधरीलाई सुन सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा गण्डक चेकपोष्टमा जाँच गर्दा चालकबाट सुन बरामद भएको प्रहरीले जनाएको छ ।
चीनबाट अबैध रुपमा भित्रिएको सुन नेपाल हुँदै भारत निकासा हुने गरेको छ । यसअघि कात्तिक ५ गते पनि वीरगन्जको विर्ताबाट भारत लैजाँदै गरेको एक किलो सुन सहित एक व्यापारी पक्राउ परेका थिए ।