भारतीय संसदद्वारा ऐतिहासिक लोकपाल विधेयक पारित

काठमाण्डु टुडे २०७० पुष २ गते १९:२३ मा प्रकाशित

नयाँ दिल्ली,३ पुस–भारतीय संसदको माथिल्लो सभा राज्यसभाले मङ्गलबार भ्रष्टाचार नियन्त्रण विधेयक लोकपाल विधेयक पारित गरेको छ । यस विधेयकको पक्षमा भारतमा प्रायः सबै प्रमुख राजनीतिक दलबीच मतैक्यता देखापरेको छ । 

भारतीय कानुनमन्त्री कपिल सिब्बलले राजधानीमा आमसञ्चारलाई ‘‘माथिल्लो सभामा उक्त ऐतिहासिक विधेयकमा छलफल भएपछि पारित’’ भएको बताए ।
संसदको तल्लो सभा लोकसभामा यो विधेयक बुधबार प्रस्तुत हुनेछ । त्यहाँ पनि यो विधेयक पारित भएमा त्यसमा राष्ट्रपति प्रणव मुखर्जीले हस्ताक्षर गर्नेछन र त्यो कानुन हुनेछ ।
भारतका वरिष्ठ गान्धीवादी अन्ना हजारेले उक्त विधेयक पारित भएमा मात्र आफूले आमरण भोकहडताल अन्त्य गर्ने बताएका छन ।
भ्रष्टाचार नियन्त्रण विधेयक अन्ना हजारेका साथमा नागरिक समाजका ख्यातिप्राप्त कार्यकर्ताहरुले तयार गरेका हुन् । लोकपाल भ्रष्टाचारमाथि अनुसन्धान गर्न गठिन स्वतन्त्र संस्था हुने र त्यसले एक भ्रष्टाचारको मुद्दामा एक वर्षभित्र अनुसन्धान गर्ने र अर्को वर्षभित्र सुनुवाइ सम्पन्न गर्ने व्यवस्था गरिएको छ ।
मस्यौदा कानुनमा भ्रष्टाचारको उजुरी परेका व्यक्तिमाथि दुई वर्षभित्र सुनुवाई सम्पन्न हुने र निज दोषी प्रमाणित भएमा काराबासको सजाय दिइने व्यवस्था गरिएको छ । यस्ता व्यक्तिले कमाएको सम्पत्ति पनि जफत हुने व्यवस्था गरिएको छ ।
विधेयकमा संशोधन गरेपछि सरकारले त्यसलाई संसदमा प्रस्तुत गरेको हो ।
पर्यटकलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन नेपालीलाई काराबास
भारतको एक अदालतले मङ्गलबार जुन महिनामा एक अमेरिकी पर्यटकमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन नेपाली पुरुषलाई २० वर्षको काराबासको सजाय तोकेको प्रहरीले जानकारी दिएको छ ।
उत्तरी राज्य हिमाञ्चल प्रदेशमा यस विषयमा सुनुवाइ सकिएपछि एक जिल्ला न्यायाधीशले उक्त दण्डको निर्णय दिनुभएको स्थानीय प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ । सिन्ह्वा/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us