
काठमाण्डु, २ पुस- एकदिवसीय विश्वकप छनोट क्रिकेटको तयारीका लागि नेपाली टोली श्रीलंका प्रस्थान गरेको छ ।
टोलीका सदस्य फास्ट बलर सोमपाल कामी भने अन्य खेलाडीहरुसँगै श्रीलंका जान पाएनन् ।
अरु खेलाडीको भिसा प्रक्रिया चाँडै सुरु भएपनि सोमपाल टिममा ढिला परेकाले उनको भिसामा समस्या भएको परेको क्यानका कार्यालय व्यवस्थापक छुमी लामाले बताए ।
उनले भिसा प्रक्रिया अघि बढाइसकेकाले केही दिनमै भिसा आउने र उनी पनि जाने जानकारी दिए ।
‘सोमपाल राष्ट्रिय टोलीमा ढिला परे, त्यसैले केही ढिलाई भएको हो ।’ उनले भने, ‘ ३/४ दिनमै भिसा आउने भएकाले उनी छिट्टै त्यसतर्फ जानेछन् ।’
कीर्तिपुरमा सम्पन्न जर्नी वर्ल्डकप खेलपछि मात्रै सोमपाल टिममा परेकाले भिसा प्रक्रियामा ढिलाइ भएको बताए ।
नेपाली टोलीले श्रीलंकामा रहँदा ४ अभ्यास खेल खेल्नेछ भने त्यहाँको राष्ट्रिय टोलीसँग अनुभव आदान प्रदानको कार्यक्रम समेत तय भएको छ ।