
काठमाण्डु, ३० मंसिर– संकटा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब एनसेन कप फुटबलको फाइनलमा पुगेको छ ।
दशरथ रंगशालामा आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा संकटालाई १–० ले हराउँदे मनाङले फाइनलको यात्रा तय गरेको हो । फाइनलमा मनाङले ब्वाइज युनियनसँग खेल्ने छ ।
मनाङका जितका लागि खेदको ५९ औं मिनेटमा योना इलियासले गरेको गोल नै निर्णायक बन्न पुगेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा मनाङले ५ औं र १५ औं मिनेटमै गोल प्रयास गरेपनि सफल हुन सकेको थिएन ।
त्यस्ते संकटाका राजिव गुरुङले गरेको लामो प्रहार गोलमा परिणात नहुँदा संकटाले हार बेहोर्नुपर्यो । संकटाले बारम्बार मुभ बनाउ पनि गोल गर्न भने सकेन ।