
काठमाण्डु, ३० मंसिर– राजधानीमा जारी एनसेल कप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र संकटा क्लब भिड्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजेपछि हुने खेलमा संकटाले डिफेण्डिङ च्याम्पियन मनाङलाई कडा चुनौती दिने अनुमान गरिएको छ । विभागीय टोली पुलिसलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको मनाङ आक्राकक रणनीतिका साथ मैदान उत्रने तयारीमा छ ।
आज जित्ने टोलीले उपाधिका लागि ब्वाइज युनियनसँग खेल्नेछ । ब्वाइज युनियन अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई गर्दै हिजो फाइनल पुगेको छ ।