
काठमाण्डु, २९ मंसिर–राजधानीमा जारी एनसेल कप फुटबलअन्तर्गत आजबाट सेमिफाइनलका खेल हुँदैछन्
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजेपछि हुने पहिलो खेलमा व्याइज युनियनले आर्मीलाई कडा चुनौती दिने अनुमान गरिएको छ । गत वर्ष मात्र सहिद स्मारक ‘बी’ डिभिजन लिग च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लेको व्याइजको यो काठमाडौँमा भएको दोस्रो नकआउट प्रतियोगिता हो ।
उपाधि दाबेदार ‘ए’ डिभिजन लिग च्याम्पियन थ्रीस्टारलाई हराउँदै अन्तिम चारमा पुगेको ब्वाइज युनियन गत असारमा दशरथ रंगशालामै भएको गोर्खाकपको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिने प्रयासमा हुनेछ ।
गोरखा कपको सेमिफाइनलमा व्याइजमाथि सेनाले ३–० को जित निकालेको थियो । सेनाले क्वाटरफाइनलमा हिमालयन शेर्पालाई ५–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । ब्वाइज युनियनका प्रशिक्षक विजय मर्हजनले आक्रमक रणनीतिका साथ मैदान उत्रने तयारीमा रहेको बताए ।