राष्ट्रिय विद्यालयस्तरीय आमन्त्रित कबड्डी सुरु

काठमाण्डु टुडे २०७० मंसिर २८ गते १०:४० मा प्रकाशित

kabaddiभक्तपुर, २८ मंसिर– नेपाल विद्यालय कबड्डी सङ्घले आयोजना गरेको प्रथम राष्ट्रिय विद्यालयस्तरीय आमन्त्रित कबडी प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

सहिद स्मृति खेल मैदान भक्तपुरमा भएको प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले उदघाटन गर्दै परम्परागत खेलका रुपमा स्थापित कबड्डी प्रतियोगिताको विकास गर्नु जरुरी रहेको र देशव्यापी रुपमा सो खेललाई विस्तार गर्नुपर्ने औंल्याए ।

प्रतियोगिताको उदघाटन सत्रको पहिलो खेलमा भक्तपुरको ख्वप्रिङ इङ्लिस स्कुलले काठमाण्डुको स्पाइन्डल इंलिस स्कुललाई ७४–१९ को अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । काठमाण्डु, भक्तपुर, बारा, कास्की र कैलालीका आठ विद्यालयको १० समूहको सहभागिता रहेको प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

प्रतियोगितामा भक्तपुरका ख्वप्रिङ इङ्लिस स्कुल, पारागन इङ्लिस स्कुल, माउन्ट एभरेस्ट स्कुल, काठमाण्डुको स्पाइन्डल इङ्लिस स्कुल, बाराको शुक्रराज बलभद्र स्कुल, कास्कीको दीपज्योति मावि तथा कैलालीका ठेगराज मावि र सरस्वती माविको सहभागिता छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us