
काठमाण्डु, २७ मंसिर–डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी काठमाण्डुमा जारी एनसेल कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा विहीबार भएको अन्तिम क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई दुई–एक गोल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।
पहिलो हाफको २९ औं मिनेटमा रबिन श्रेष्ठको गोलबाट पुलिसले अग्रता लिएको थियो । दोस्रो हाफको ६८ औं मिनेटमा मनाङका सुजल श्रेष्ठले बराबरी गोल गरेर खेल बराबरी पारे । लयमा फर्किएको मनाङका लागि योना ईलियसले खेल सकिन तीन मिनेट बाँकी छदा गोल गरेर जीत सुनिश्चित गरे ।
अब सेमिफाइनलमा मनाङले संकटाको सामना गर्नेछ । अर्काे सेमिफाइनलमा नेपाल आर्मी र ब्वाइज युनियन आमने सामने हुनेछन् । सेमिफाइनलका खेलहरु शनिबारबाट शुरु हुनेछन् ।