
काठमाण्डु, २७ मंसिर–युरोपियन च्याम्पियन्स लिग फुटबलको गएराति सम्पन्न अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोना, ईङलीस क्लव चेल्सी र जर्मन क्लव ब्रोसिया डर्टमण्डले जित हात पारेका छन् । यस्तै गलाटसारे, एथलेटिको मड्रिड र साल्के पनि बिजयी भएका छन् ।
बार्सिलोनाले सेल्टीक बिरुद्ध ६–१ गोलको जित दर्ता गर्यो । बार्साको जितमा ब्राजिलियन स्ट्राईकर नेयमारले ह्याट्रिक पुरा गरे भने पेड्रो, टेल्लो र पिक्युले एक–एक गोल गरे ।
ईङलिस क्लब चेल्सीले स्टेउवा बुचारेष्टालाई १–० गोलले हरायो भने प्रिमियर लिगमा पहिलो स्थानमा रहेको अर्को ईङलिस क्लव आर्सनल भने नापोलीसँग २–० ले पराजित भयो ।
अर्काे खेलमा साल्केले बासेललाई २–० ले पाखा लगाउदा जर्मन क्लब बोरुसीया डर्टमण्डले मार्सेलिजलाई २–१ ले, एथलेटिको मड्रिडले पोर्चुगीज क्लब पोर्टोलाई २–० ले र अष्ट भियनाले जेनिथ पिटर्सबर्गलाई ४–१ गोलले हराए ।
ईटालियन महारथी एसी मिलान भने अजाक्ससँग गोलरहित बराबरीमा रोकिएको छ ।