सुख्खा बन्दरगाह निर्माण प्रक्रिया शुरु

काठमाण्डु टुडे २०७० मंसिर २७ गते ३:१६ मा प्रकाशित

नेपालगन्ज, २७ मंसिर–नेपाल भारतबीच भएको सम्झौताअनुसार बाँके जिल्लाको सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र एवम् परिवहनस्थल (सुख्खा बन्दरगाह) निर्माण प्रक्रिया अघि बढाइएको छ । दुई मुलुकबीच नौ वर्षअघि सम्झौता भएकोमा अहिले बन्दरगाह निर्माणका लागि सो क्षेत्रमा ९०.८ बिघा जग्गा अधिग्रहण गरी रेखाङ्कनको काम सुरु गरिएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालयका अनुसार नेपालगन्ज भन्सारको पश्चिम जयशपुर र साइगाउँ क्षेत्रमा अधिग्रहण गरिएको जग्गामा बन्दरगाह निर्माणका लागि जग्गा संरक्षण गर्न एक तृतीयांश बजेट विनियोजन गरिएको छ ।

बन्दरगाह निर्माणसम्बन्धी बोलपत्र आह्वान प्रक्रिया पनि सुरु भइसकेको र निर्माणाधीन बन्दरगाहमा अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि क्रमशः सुरु गरिने जनाइएको छ । बन्दरगाहका लागि नेपालले जग्गाको व्यवस्था गरेपछि भौतिक संरचना निर्माणको काम भारतीय पक्षले गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us