व्याइज युनियन एनसेल कप फुटबलको सेमिफाइनलमा

काठमाण्डु टुडे २०७० मंसिर २६ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, २६ मंसिर– व्याइज युनियन क्लब राजधानीमा जारी एनसेल कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।
Ncell-Cup-2070त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा ‘ए’ डिभिजनको लिग च्याम्पियन थ्रस्टारलाई २–१ गोलले हराउँदै व्याइज युनियनले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

खेलको ४९ औँ मिनेटमा थ्रीस्टारका लागि विजराज महर्जनले गोल गर्दै टिमलाई अग्रता दिलाए । एक शून्यले पछि परेको व्याइज युनियनका लागि खेलको ६९ औँ मिनेटमा असिमजंग कार्कीले गोल गरी खेललाई बराबरीमा ल्याए ।

खेलको ७८ औँ मिनेटमा विनोद लामाले व्याइज युनियनका लागि गोल गर्दै टोलीलाई २–१ अग्रता दिलाए । थ्रीस्टार समूह ‘सी’ को विजेता र व्याइज युनियन समूह ‘डी’को उपविजेता बन्दै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।

फाइनल प्रवेशका लागि व्याइज युनियनको भेट अब विभागीय टोली आर्मीसँग हुनेछ । प्रतियोगितामा आर्मी र संकटा यसअघि नै सेमिफइनलमा पुगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us