लेखनाथ महोत्सवको तयारी पूरा

काठमाण्डु टुडे २०७० मंसिर २६ गते ४:०० मा प्रकाशित

पोखरा, २६ मंसिर–कास्कीको लेखनाथमा महोत्सवको सबै तयारी पूरा भएको छ । ‘लेखनाथको संस्कृति, स्थानिय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने नारासहित विहीबारदेखि महोत्सव शुरु हुदै छ । महोत्सव पुस ८ गतेसम्म चल्ने छ ।

महोत्सवमा नव प्रतिभाको खोजी गण्डकी तारा, बैंक तथा वित्तिय प्रदर्शनी, खाना महोत्सव, चिल्डे«न पार्क र शैक्षिक प्रदर्शनी, डेरी कृषि उत्पादन सामग्रीका स्टल रहने छन् ।

त्यस्तै जैविक विविधता प्रदर्शनी पनि आकर्षणको रुपमा रहने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us