सिटीले रोक्यो बायर्नको विजयी यात्रा

काठमाण्डु टुडे २०७० मंसिर २६ गते २:५१ मा प्रकाशित

bayern-munichकाठमाण्डु, २६ मंसिर–म्यान्चेस्टर सिटीले बायर्न म्युनिखको लगातार १० खेलको विजयी यात्रालाई रोक्दै २ का विरुद्ध ३ गोलले पराजित गरेको छ ।  च्याम्पियन्स लिग अन्तरगत मंगलबार राती म्यान्चेस्टर सिटी र बायर्न म्युनिखबीच भएको खेलमा दुई–शुन्यले पछि परेको म्यान्चेस्टर सिटीले खेलमा फर्कदै बायर्नलाई ३–२ ले पराजित गरेको हो ।

च्याम्पियन्स लिगको समुह ‘डी’को खेलमा बायर्नलाई पराजित गरे पनि म्यानचेस्टर सिटी लिग तालिकाको दोस्रो स्थानमा नै रहेको छ । समान १५ अंकमा लिग समाप्त गरेका बायर्न र सिटी दुवै च्याम्पियन्स लिगको अर्को चरणका पुगिसकेका छन् । समान अंक भए पनि गोल अन्तरको आधारमा बायर्न लिगको शीर्ष स्थानमा रहेको हो ।

मंगलबार रातीको खेलमा खेल शुरु भएको मात्र ५ औ मिनेट जर्मन राष्ट्रिय खेलाडी थोमस मुलरले जर्मन क्लबलाई अग्रता दिलाए । त्यस लगत्तै खेलको १२ औं मिनेटमा अर्का जर्मन राष्ट्रिय खेलाडी मारियो गोटेजले बायर्नको अग्रतालाई दोब्बर बनाए । दुई–शुन्यले पछि परेको सिटीलाई स्पेनीस खेलाडीले डेभिड सिल्भाले २८ औं मिनेटमा गोल गर्दै खेलमा फर्काए । पहिलो हाफमा २–१ ले पछि परेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो । सिटीकालागि सर्वियन खेलाडी अलेक्ज्यान्डर कोलारोभले खेलको ५९ औं मिनेटमा पेनाल्टीमा मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेट पछि खेलको ६२ औं मिनेट थप एक गोल गर्दै ईग्ल्याण्डका खेलाडी जेम्स मिल्नरले सिटीको जीत सुनिश्चित गरे ।

मंगलबार राति नै भएका अन्य खेलमा म्यान्चेस्टर युनाईटेडले युक्रेनको क्लब शाख्तार दोन्तेस्कलाई १–० ले पराजित गर्यो । त्यस्तै जर्मन क्लब वेयर लेभरकुसेनले स्पेनी क्लब रियल सोसियादादलाई पनि १–० ले नै पराजित गर्यो । त्यसैगरि स्पेनी क्लब रियल म्याड्रिडले डेनमार्कको एफसी कोपनहेगनलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्यो । टर्कीको क्लब  ग्लातासारे र ईटालीको क्लब युभेन्टरबीचको खेल भने भारी हिमपातका कारण स्थगित गरियो ।

अन्य खेलमा पोर्चुगलको क्लब बेनिफेसियाले फ्रान्सको पेरिस सेन्ट जर्मेनलाई २–१ ले पराजित गर्यो । त्यसैगरि ग्रीसको ओलम्पियाकोसले बेल्जियमको एन्डरलेचलाई १ का विरुद्ध ३ गोलले पराजित गर्यो भने रुसी क्लब सिएसकेए मस्को चेक क्लब भिटोरिया पेल्नचसँग २–१ ले पराजित भयो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us