
झापा, २५ मंसिर– उत्पादन घटेपछि झापामा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । बजारमा कुखुराको मासु प्रतिकिलो रु ३४० पुगेको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
ब्रोइलरसँगै स्थानीय जातका कुखुराको समेत मूल्य बढेको व्यवसायी बताउँछन् । चल्ला र दानाको मूल्य बढेको भन्दै कुखुरा अभाव भएकाले व्यवसायीले मासुको मूल्य बढाएका हुन् । व्यवसायीका अनुसार चल्लाको मूल्य दोब्बर भएको छ भने दानाको मूल्य पनि एक बोरामा रु १०० भन्दा बढीले वृद्धि भएको छ ।
मूल्य बढेपछि मासुको मूल्य स्वभाविक रुपमा वृद्धि भएको मासु व्यवसायी सङ्घ झापाले जनाएको छ । दैनिक ८०० किलो ब्रोइलर कुखुराको मासु बिक्री हुँदै आएको जिल्लामा अहिले मासु बिक्री दर बढ्दै गएकोे छ ।
बर्डफ्लूको सङ्क्रमण हुँदा कुखुराको मासुको व्यापार नराम्ररी प्रभावित भएको थियो । त्यसबेला १२ भन्दा बढि कृषक व्यावसायिक कुखुरापालन नै छाड्न बाध्य भएका थिए । रासस