
कैलाली, २५ मंसिर– यही मङ्सिर १४ गतेदेखि सञ्चालन भएको प्रथम लम्की महोत्सव–२०७० सम्पन्न भएको छ ।
‘लम्की कर्णाली मार्ग निर्माण, कृषि पर्यटन र व्यापार हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना भएको सो महोत्सव १० दिनसम्म चलेको थियो । पहिलो पटक भएको लम्की महोत्सवमा १०० भन्दा बढी बिक्री तथा प्रदर्शनी कक्षहरु राखिएको थियो ।
सो महोत्सवमा झन्डै रु डेढ करोडको कारोबार भएको कैलाली उद्योग वाणिज्य संघ लम्की उपसमितिका महासचिव मनिष न्यौपानेले जानकारी दिए । महोत्सव अवधिमा ७० हजार टिकट बिक्री भएको उनले बताए ।
पहिलो पटक आयोजना भएको महोत्सव मङ्सिर १४ देखि २१ गतेसम्म सञ्चालन हुने भने पनि दर्शकको आग्रहपछि दुई दिन महोत्सवको अवधि थपिएको आयोजकले जनाएको छ ।