नेपालबाट भारततिर सुन तस्करी

काठमाण्डु टुडे २०७० मंसिर २५ गते ११:०४ मा प्रकाशित

Goldजनकपुरधाम, २५ मंसिर– नेपालभन्दा भारतमा सुन महँगो भएकाले अहिले नेपालबाट सुनको तस्करी बढ्न थालेको छ ।

नेपालमा अहिले सुन प्रतितोला रु ५२ हजार ८०० छ भने भारतमा प्रतितोला ५७ हजार ४०० रहेकाले यहाँबाट भारततर्फ सुन तस्करी बढ्न थालेको हो । तस्करहरुले अहिले जनकपुर बजारमा आई सुनका गरगहना बनाएर तथा शरीरको विभिन्न भागमा लुकाएर सुन तस्करी गर्ने गरेका जनकपुरका एक सुन व्यापारी बताउँछन् ।

ती व्यापारीका अनुसार जनकपुर बजारबाट अहिले दैनिक तीन किलोसम्म सुन र सुनका गहना तस्करी भइ भारततर्फ जाने गरेको छ । नेपाल–भारतबीच रहेको खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले भारततर्फ सुन तस्करी गर्ने गरेको ती व्यापारीको भनाइ रहेको छ ।

भारतमा सुनको भाउ उच्च भए पनि त्यहाँका व्यपारीहरुले तस्करमार्फत जनकपुर बजारबाट सुन लैजाने गरेका छन् । यसका लागि दर्जनौ तस्करहरु सक्रिय रहेका बताइन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us