चुनौतीको पहाडमा सुशीललाई प्रधानमन्त्रीको कुर्सी

काठमाण्डु टुडे २०७० मंसिर २२ गते ११:४५ मा प्रकाशित

काठमाण्डु–तीनपटक प्रधानमन्त्री भई शासनको अनुभव संगालेका वरिष्ठ नेता शेरबहादुर देउवा,उपसभापति रामचन्द्र पौडेल र दोस्रो ठूलो दल एमालेको समर्थन जुटाउने आन्तरिक राजनीतिमा कुशलता प्रदर्शन गर्न सके काँग्रेस सभापति सुशिल कोइराला प्रधानमन्त्री हुनेछन । तर काठमाण्डुमा बाक्लो उपस्थिति जनाइरहेका भारत र चीनका जासुस र थिङक टयांकको बिश्वास लिनु पनि कोइराला प्रधानमन्त्री हुनका लागि अनिवार्य शर्त जस्तै बन्दै गएका छन । Prachanda-Sushil-Koirala-and-Jhalanath-Khanal
पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाए देउवा र पौडेल दुवै नेता सजिलै पछि नहट्ने अवस्थामा छन । तर, सभापति अघि सरेपछि नैतिक रूपले सरकारको दाबी गर्न नमिल्ने भए पनि पार्टी चलाउने जिम्मा आफूले पाउनु पर्ने दाबी देउवा र पौडेलले छोडने छैनन । सभापति सरकारको नेतृत्वका लागि अघि सरे कार्यबाहक सभापतिको दाबी आफूले गर्ने तयारीमा देउवा छन् । दोस्रो जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि कार्यबाहक सभापतिको जिम्मेवारी सुशील कोइरालाले पाएका थिए । उनी काठमाण्डुमा भएको १२औ“ महाधिवेशनपछि सभापति बनेका हुन् । त्यही नजिरलाई उठाउ“दै यसपटक कार्यबाहक सभापति आफू बन्ने तयारीमा देउवा छन् ।
कोइरालाले प्रत्यक्ष समानुपातिकको नतिजा सार्वजनिक भएस“गै सहमतिको प्रयास भन्दै दलीय भेटघाटलाई तीव्रता दिएका छन् । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,एमाले अध्यक्ष झलनाथ खनाल,केपी ओली र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छादारलाई भेटिसकेका छन् । प्रत्यक्षको मतपरिणाम आएस“गै विभिन्न शक्तिराष्ट्रका कूटनीतिज्ञले पनि उनीस“ग भेटवार्ता गरेका छन् ।
सबै भेटपछि कोइराला आप्mनै नेतृत्वमा सरकार बनाउने कोसिसमा लागेका छन् । पार्टीले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयको टुंगो लगाएको छैन । तर, उनी पार्टी सभापति भएका आधारमा प्रधानमन्त्रीको दौडमा लागेका हुन् । काँग्रेस नेता डा रामशरण महतले पार्टीमा आन्तरिक सन्तुलन मिलाउ“दा केही समस्या भए पनि वैधानिक व्यवस्थाअनुसार पार्टी चल्ने बताएका छन । ‘पार्टीमा शक्ति बा“डफा“डका विषय उठ्नु नराम्रो होइन, तर पार्टीले विधिसम्मत निर्णय गर्छ । सभापतिपछि उपसभापति स्वतः कार्यबाहक हुने व्यवस्था छ । तर, यसको वैधानिक व्यवस्थाअनुसार अघि बढ्छौ“ ।’ कांग्रेससामु ऐतिहासिक जिम्मेवारी र दायित्व रहेको उल्लेख गर्दै महतले एकताबद्ध भएर जानुपर्ने आवश्यकता रहेको बताए ।
सभापति नै अघि सरेपछि उपसभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको दाबी गर्न नैतिक रूपमा असजिलो छ । तर, नहुने प्रधानमन्त्रीका लागि आपूmलाई १७ पटकसम्म लडाइएको भन्दै उनी आपूmमाथि न्याय हुनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री नभए कार्यबाहक सभापतिको जिम्मेवारी सम्हाल्ने तयारीमा उनी छन् ।
कांग्रेस विधानमा पनि सभापतिपछि उपसभापति स्वतः कार्यबाहक सभापति बन्ने उल्लेख छ । विधानको व्यवस्थालाई टेक्दै पौडेल पनि बार्गेनिङ गर्ने तयारीमा रहेको उनीनिकट स्रोत बताउ“छ ।
संविधानसभामा प्रत्यक्षतर्फ ४० प्रतिशतजति सभासद् देउवा पक्षका छन् । यसैलाई शक्ति देखाएर समेत देउवालालाई बार्गेनिङ गर्न सहज छ । तर, पौडेलको पार्टीमा प्रभाव पार्ने किसिमको ठूलो गुट अहिलेसम्म देखिएको छैन ।
सभापति कोइरालालाई एमाले र एमाओवादीलाई विश्वास लिन पनि चुनौती छ । एमालेले राष्ट्रिपतिसहितको पावर सेयरिङ गरेर सहमतिमा अगाडि बढ्ने जनाएको छ । एमाओवादीले राष्ट्रिय सहमतिका आधारमा संविधान निर्माणका लागि संविधान संशोधन गरेर जानुपर्ने जनाएको छ ।
अहिलेसम्म कुनै पदमा देखिएर कुनै खास ‘कला’ नदेखाए पनि पार्टीमा सन्तुलन मिलाउन सके कोइरालाका लागि यसपटक अवसर छ । तर, यसका लागि एमाओवादी, एमाले, मधेसी दलबीच आपसी समन्वय र सहमति गर्दै अगाडि बढ्ने दायित्व कोइरालासामु छन् ।
त्यागी नेताको छवि, सरल जीवन शैली,अहिलेसम्म लाभको पद धारण नगर्नु,राजनीतिक जीवनमा दाग नलाग्नु,पार्टीभित्र पकड कायम राख्नु, अन्य पार्टीले पनि स्वीकार्न सक्ने अवस्था रहनु,दुई निर्वाचन क्षेत्रबाट संविधानसभामा बिजयी हुनु र पार्टीलाई पहिलो स्थानमा पु¥याएर नेता कार्यकर्ताको मनोबल उच्च बनाउनु कोइरालाका सवल पक्ष छन । अप्ठ्यारो र जटिल विषयमा निर्णय गर्ने क्षमता नहुनु,कुनै पनि मुद्दाप्रति गहिरो र दीर्घकालीन दृष्टिकोण नहुुनु,शासन सञ्चालनको अनुभव नहुनु,पार्टीभित्र सा“घुरो घेरामा रमाउनु,कमजोर सांगठनिक कुशलता र पार्टीमा एकता कायम गराउन नसक्नु कोइरालाका दुर्बल पक्ष छन । पार्टीभित्र शेरबहादुर देउवा गुटलाई मिलाएर लैजानु,एकीकृत माओवादी, नेकपा–माओवादी र मधेसवादीसहितका दललाई सहमतिमा ल्याउनु,एमालेसहित अन्य दलस“ग पावर सेयरिङ गरी सरकार निर्माण गर्नु कोइरालाका चुनौती छन ।

भारत र चीनका जासुसहरुको काठमाण्डुमा भइरहेको बाक्लो भेटघाटले कहिल्यै लाभको पद ग्रहण नगरेका कांग्रेस सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बन्ने ढोका खोल्लान कि अगाडि बढने उनका ढोका बन्द होलान ? जिज्ञासा सर्वत्र छन तर जवाफ केहि साता भित्र हुने घटनाक्रमले दिनेछन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us