मलेसियामा बाढी, एकको मृत्य, १९ हजार विस्थापित

काठमाण्डु टुडे २०७० मंसिर १९ गते ७:२९ मा प्रकाशित

क्वालालम्पुर, १९ मङ्सिर–मलेसियामा भारीवर्षापछि आएको बाढीमा परी एक किशोरको मृत्यु भएको छ । बाढी प्रभावित क्षेत्रबाट हजारौँ व्यक्तिलाई  सुरक्षितस्थानमा सारिएको बुधबार अधिकारीहरूले जनाएका छन् ।
बाढी प्रभावित क्षेत्रबाट करिब १९ हजार व्यक्तिलाई पूर्वी तटिय राज्य पाहाङ्ग,  टेरेड्गगानु र दक्षिणी भागमा पर्ने जोहोरस्थित विद्यालयहरु र शरणार्थी स्थलहरूमा सारिएको  पनि अधिकारीहरुले प्रष्ट पारेका छन् ।malaysia-flood
सो बाढीमा परी आफ्ना बाबुसँग माछा मार्न गएका १७ वर्षीय एक किशोरको डुबेर मृत्यु भएको बताइएको छ
मौसम विज्ञान विभागका अधिकारीहरूका अनुसार बाढी प्रभावित इलाकामा रहेका नदीमा पानीको उचाई लगातार बढेको  छ ।
‘आजसम्म वर्षा भईरहेको तर हामीले भोलिबाट वर्षा रोकिने अनुमान गरेका छौ र भोलिबाट मौसममा  सुधार हुने छ अनुमान गरिएको छ ’ मौसम विज्ञान अधिकारीले एएफपी समाचार समितिसँग भने । दक्षिण पूर्वी एसियाली राष्ट्रमा नोभेम्बरदेखि मनसुनी वर्षाले सताउने गर्दछ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us