हस्तकला मेलामा आठ करोड कारोबार

काठमाण्डु टुडे २०७० मंसिर १७ गते ३:४१ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर–काठमाण्डुको भृकुटीमण्डपमा आयोजित ११ औं हस्तकला व्यापार मेलामा आठ करोड रुपैयाँको कारोबार भएको छ । नेपाल हस्तकला महासंघले आयोजना गरेको मेला तथा नवौं प्रतियोगितात्मक प्रदर्शनी ८ करोडको कारोबार गर्दै आइतबार सकिएको हो ।

मेलामा नेपाः भो उत्कृष्ट स्टल घोषित भएको थियो । त्यस्तै प्रतियोगितात्मक हस्तकला प्रदर्शनीमा ललितपुर सौगतका अनिल शाक्य पहिलो, ललितपुर झटापोलका दीलिपराज बज्राचार्य दोस्रो र ललितपुर ओकुहालका जुजुबाबु शाक्य तेस्रो भएका थिए ।

मेलाको अन्तिम दिनसम्म करिब तीन लाख स्वदेशी तथा विदेशी दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । अन्तिम दिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले पनि मेला अवलोकन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us