धान उत्पादनमा कमी

काठमाण्डु टुडे २०७० मंसिर १७ गते १:५७ मा प्रकाशित

गौशाला, १७ मंसिर–समयमा वर्षा नभएका कारण महोत्तरीमा यस वर्ष धान उत्पादनमा कमी भएको छ । समयमा रोपाइँ हुन नसक्दा जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १० प्रतिशतले ह्रास आएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष ३६ हजार १४४ हेक्टरमा लगाइएको धानबालीबाट ६५ हजार ६० मेट्रिक टन धानमात्र उत्पादन भएको छ । गत आर्थिक वर्ष २०६९÷७० मा त्यत्तिकै हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीबाट ८१ हजार ३२४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा १६ हजार २६४ मेट्रिक टनले कमी भएको छ । जिल्लामा धानखेती हुने जमिनको कुल क्षेत्रफलमध्ये २० हजार ६०१ हेक्टरमा मात्र सिँचाइको भरपर्दाे सुविधा छ भने अन्य जग्गामा किसानले अकाशे पानीमा निर्भर रहनु परेको छ । यस वर्ष समयमै रोपाइँ नभएको, रोपिएको धान पनि पानीको अभावमा सुकेको र रोग लागेका कारण उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us