उत्कृष्ट करादातालाई सम्मान

काठमाण्डु टुडे २०७० मंसिर १६ गते ११:०४ मा प्रकाशित

भद्रपुर, १६ मंसिर– मेची अञ्चलका सहकारी संस्थामध्ये सबैभन्दा बढी आयकर बुझाउने झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थालाई आन्तरिक राजस्व कार्यालयले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ ।

यस संस्थाले गत आव २०६९÷०७० मा आयकर ५५ लाख, व्याजकर ४१ लाख र अन्य कर सात लाख गरी एक करोड तीन लाख रुपैयाँ राजस्व बुझाएको संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । सो संस्थाले चालु आव २०७०÷०७१ को कात्तिक मसान्तसम्म चार महिनामा सात करोड १२ लाख ६१ हजार १ सय ६३ आम्दानी, पाँच करोड ३२ लाख ६८ हजार ७ सय ६२ खर्च र एक करोड ७९ लाख ९२ हजार ४ सय १ रुपैयाँ मुनाफा गरेको छ ।

विसं २०५० मा स्थापित सो संस्थाको प्रधान कार्यालय काँकडभिट्टा तथा शाखा कार्यालयहरु विर्तामोड, चन्द्रगढी, चारआली, रेसुङ्गा बनियानी, बुधबारे, धुलाबारी, शनिश्चरे र बाहुन डाँगीमा छ । चार हजार ४ सय ९२ महिला, छ हजार २ सय ९० पुरुष र ७५ वटा अन्य संस्था गरी १० हजार ८ सय ५७ सेयर सदस्य रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us