करोडौंको डिप ट्युबवेल अलपत्र

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १०:३२ मा प्रकाशित

बाँके, १६ मंसिर– बाँके र बर्दिया जिल्लाका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउनका लागि दुई दशकअघि गाडिएका करोडौं मूल्यबराबरका डिप ट्युबवेल अलपत्र परेका छन् ।

सरकारले मर्मतसम्भारका लागि बजेट उपलब्ध गराउन नसक्दा करोडौँको लगानी खेर गएको हो । भूमिगत जलस्रोत विकास समितिले बाँके र बर्दियामा दुई दशकअघि ३३ वटा डिप ट्युबवेल सञ्चालन गरेको थियो । भूमिगत जलस्रोत विकास समिति नेपालगन्जका अनुसार तीमध्ये अधिकांश डिप ट्युबवेल बिग्रिएर अलपत्र अवस्थामा छन् ।

बर्दियामा शान्तिपुर–जमुनी डिप ट्युबवेल आयोजनाअन्तर्गत १४ र बाँकेमा सीतापुर–राधापुर डिप ट्युबवेल सिँचाइ आयोजनाअन्तर्गत १९ वटा डिप ट्युबवेल सरकारले उपलब्ध गराएको थियो । तीमध्ये १०–१२ वटा मात्रै हाल सञ्चालनमा रहेका छन् । द्वन्द्वकालमा नै कतिपय डिप ट्युबवेल बन्द भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us