चुनावमा भनेजस्तो काम नगर्ने दुई पत्रकार कारवाहीमा

काठमाण्डु टुडे २०७० मंसिर १६ गते १०:०१ मा प्रकाशित

Nepal Press unionधनुषा, १६ मंसिर– नेपाल पे्रस युनियन धनुषा शाखाले मंसिर ४ गतेको संविधानसभाको निर्वाचनमा युनियनका केही पदाधिकारीले नीति, नियमविपरीत कार्य गरेको सम्बन्धमा छानबिन गर्न गठित समितिले दुई पत्रकारलाई कारवाही गर्न सिफारिस गरेको छ ।

समितिले तीन दिनसम्म छानबिन गरी तयार पारेको प्रतिवेदनमा  युनियनका केन्द्रीय सदस्य श्रीनारायण साह र पत्रकार राजेश्वर नेपालीले प्रेस युनियनको नीति नियमविपरीत कार्य गरेको भन्दै निष्कासन गर्न भनेको छ ।

प्रतिवेदनमा पत्रकारद्वयलाई युनियनको साधारण सदस्यसमेत नरहने गरी चार वर्षसम्मका लागि निष्कासन गर्न समितिले सिफारिस पनि गरेको हो । समितिका संयोजक पत्रकार उतिमलाल कापडीले नेपाल प्रेस युनियन धनुषा शाखाका अध्यक्ष प्रवीण साहलाई बुझाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us