
बुटवल, १६ मंसिर–बुटवल उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुसमा हुने औद्योगिक व्यापार मेलामा पर्यटनलाई विशेष प्राथमिकता दिइने भएको छ । ‘लगानी लुम्बिनीमा, समृद्धि नेपालमा’ भन्ने नाराका साथ पुस ९ देखि २१ गतेसम्म बुटवलमण्डपमा आयोजना हुने मेलामा स्टल दर्ता सुरु गरिएको छ ।
अहिलेसम्म करिब १०० स्टल दर्ता भइसकेको स्टल वितरण उपसमितिका संयोजक खिमबहादुर हमालले जानकारी दिनुभयो । करिब पाँच लाख मानिसले मेलाको अवलोकन गर्ने र १५ करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिइएको छ ।
मेलामा पर्यटन प्रवद्र्धनका विभिन्न भ्रमण योजना बनाई बाह्य पर्यटकलाई यस क्षेत्रका ऐतिहासिक तथा पर्यटकीय क्षेत्रहरूको जानकारी गराउने र स्थानीय बासिन्दालाई पर्यटन क्षेत्रमा आकर्षित गर्न तथा लगानीका सम्भावना खोजी गर्न गोष्ठी अन्तक्र्रियालगायतका कार्यक्रमहरू आयोजना गरिने छ ।
पर्यटन प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल सरकारले पनि सहयोग गर्ने भएकाले यस क्षेत्रको ऐतिहासिक जितगढी किल्ला झल्कने गेट निर्माण, एकीकृत पर्यटन भ्रमण तथा पर्यटनमा लगानीका सम्भावनाको खोजीका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी भइरहेको संघका महासचिव तथा मूल समितिका सचिव अनिलप्रसाद श्रेष्ठले जानकारी दिए ।