समानुपातिको मत परिणाम नमिल्नुको कारण के हो ? : पौडेल

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ७:२२ मा प्रकाशित

debendra paudelकाठमाण्डु, १४ मंसिर– एमाओवादीका नेता देवेन्द्र पौडेलले निर्वाचनमा भएको धाँधली छानविन नभए र संविधानमै सहमतिको सुनिश्चितता नगरिए सरकार र संविधानसभामा नजाने दोहोर्‍याएका छन् ।

उनले भने, ‘प्रत्यक्ष र समानुपातिकको परिणाम नमिलेको, निर्वाचन आयोगले जारी गरेको १० बुँदे परिपत्र, सेनाको ब्यारेकमा मतपेटिका राखेको र प्रतिनिधि बस्न नदिएको विषयमा पहिला जवाफ चाहिन्छ । त्यसपछि मात्रै सहभागिताको कुरा आउँछ । सरकार र काँग्रेसको नियतमा हाम्रो सहभागिताको कुरा आउँछ ।’

काठमाण्डुमा आयोजित साक्षात्कारमा पौडेलले नयाँ जनमत आइसकेकोले अब राष्ट्रपतिको विषयमा उठेको विवाद समेत सहमतिमा टुङग्याउनु पर्ने समेत बताए । निर्वाचन परिणामबाट आफूहरु नआत्तिएको र परिणामले आफूहरु राष्ट्रिय राजनीतिबाट बाहिरिने अवस्था नरहेको तर्क गर्दै जनताको सम्मान गरे पनि २०४७ सालको अवस्थामा मुलुक फर्काउने योजना कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us