त्रिशूलीमा अन्तराष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ११:४० मा प्रकाशित

raftingकाठमाण्डु, १२ मंसिर–नेपाललाई साहसिक र जलयात्रा पर्यटनको उत्कृष्ट गन्तव्यस्थलका रुपमा प्रवर्द्धन गराउनका लागि बुधबारदेखि त्रिशूली नदीको फिस्लिङमा अन्तराष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्टस (नारा)ले ‘१२औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ नामक चारदिने प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १२ देशका ४० जना विदेशी पर्यटकसमेत गरी करिब ३०० जनाको सहभागिता रहने छ ।

प्रतियोगिताका विजयीलाई नगद तथा र्‍याफ्टिङ सामग्री प्रदान गरिने र खेलाडीको स्तरसमेत निर्धारण गरिने नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले बताए ।

महिला प्रतियोगी समेत सहभागि हुने सो प्रतियोगितामा रोमाञ्चक तथा मनोरञ्जनात्मक कायाकिङ खेलको दौड कार्यक्रम पनि रहेको बताइएको छ ।

नेपालका भोटेकोसी, कर्णाली, कालीगण्डकी, त्रिशूली नदी विश्वमै साहसिक जलयात्राका लागि उत्कृष्ट स्थल मानिदै आएको छ । नाराले सन् २००२ देखि प्रत्येक बर्ष र्‍याफ्टिङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us