कृषि क्षेत्रमा लगानी गर्न सरकारको आग्रह

काठमाण्डु टुडे २०७० मंसिर १० गते ६:११ मा प्रकाशित

Tek-bahadur-Ghartiकाठमाण्डु, १० मंसिर-कृषि विकास वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर घर्तीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार काठमाण्डुमा आयोजना गरेको ‘कृषिको आधुनिकीकरण, विविधीकरण एवम् व्यावसायीकरण’ विषयको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री घर्तीले नेपालको कृषि क्षेत्रमा पशु, माछा, मह र चियाको क्षेत्रले केही गति लिए पनि व्यावसायिकतातर्फ उन्मुख हुन सकेको बताए ।

कार्यक्रममा व्यावसायिक कृषि तथा व्यापार आयोजनाका निर्देशक योगेन्द्रकुमार कार्कीले मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत रहेको जानकारी गराए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज अधिकारीले नेपाललाई औद्योगीकरणतर्फ लैजान कृषि विकासलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us