प्रत्यक्ष तर्फको सबै मतपरिणाम सार्बजनिक

काठमाण्डु टुडे २०७० मंसिर १० गते १७:५२ मा प्रकाशित

Ucpn-Maoistराजविराज, १० मंसिर–सप्तरी क्षेत्र नम्बर २ मा एमाओवादी विजयी भएको छ । एमाओवादी उम्मेदवार अशोक मण्डल विजयी भएका हुन् । मण्डलले ६ हजार ५६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सदभावनाका नवलकिशोर साहले ५ हजार ६२४ मत पाएका छन् ।

योसँगै एमाओवादीको प्रत्यक्षतर्फको सिट संख्या २६ पुगेको छ ।

प्रत्यक्षतर्फको २ सय ४० वटै क्षेत्रको मतपरिणाम सार्बजनिक हुँदा नेपाली काँग्रेस १०५ सिट सहित पहिलो र नेकपा एमाले ९१ सिट सहित दोस्रो भएका छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको एमाओवादी भने यसपटक २६ सिटमा खुम्चिएर तेस्रो पार्टी बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us