चीनको पिछडिएको क्षेत्रमा विद्युतीकरण

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ९:३६ मा प्रकाशित

उरुम्की (चीन), ९ मङ्सिर- चीनको जिन्जीआङ्ग प्रान्तमा बसोवास गर्दै आएका र मुलप्रवाहका चिनियाँ जनताबाट पृथकरही आएका लोपनुर आदिवासी जनताले अब मैनबत्तीको धमिलो उज्यालोमा रात बिताउनु नर्पने भएको छ ।
राष्ट्रको मुल विद्युत् प्रशारण लाइन उक्त क्षेत्रमा पनि पुगेको छ । बेइगोलिन मङ्गोलियन स्वायत्त क्षेत्र अन्तरगत कारकुगा मरुभूमीस्थलमा बसोवास गर्दै आएका एक हजारभन्दा बढी घरपरिवार  विद्युत् आपूर्तिबाट लाभान्वित हुनेछन् ।
पहिला एक ताल रहेको र सो तालपछि सुक्नगई मरुभूमीकरण भएको ताक्लामकान र कम्ताइग क्षेत्रमा लोपनुर आदिवासी फिरन्ताहरू पुस्तौदेखि बसोवास गर्दैआएका थिए ।
यस क्षेत्र जिन्जीआङ्ग प्रान्तको दक्षिण–पूर्वमा पर्दछ । प्राचिन रेशम पथ (सिल्क रोड) समेत छिचोलिने यस क्षेत्र ऐतिहासिक रुपमा महत्वपूर्ण छ ।
यहाँ लोउलाम राजवंशका राजाहरूले इशापूर्व दोस्रो शताब्दीदेखि इस्बी सन् ६३० सम्म राज्य गरेका थिए । त्यस बखत यस क्षेत्रमा नुन पानीको एक अतिविशाल ताल थियो सन् १९७० मा आई सो ताल पूरै सुकेर मरुभूमीमा परिणत भयो ।
त्यसै बखतदेखि लोपनुर आदिवासी जनजातीहरू उक्त क्षेत्रमा बसोवास गर्दैआएका थिए ।
जिन्जिआङ्ग प्रान्तको सरकारी विद्युत् आपूर्ति केन्द्रले यस क्षेत्रमा विद्युतीयकरणका लागि दुई करोड  ४० लाख युआन लगानी गरी ३० किलोमिटर लामो विद्युत् सञ्जाल स्थापना गरेको छ । रासस/सिन्हवा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us