समानुपातिकमा एमाले अगाडि

काठमाण्डु टुडे २०७० मंसिर ९ गते ३:०९ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, ९ मंसिर– ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ ।
समानुपातिकमा काँग्रेसभन्दा पछाडि देखिएको एमालेले समानुपातिकमा उसलाई उछिनेको हो । प्रत्यक्षमा सबैभन्दा बढी सिट जितेको काँग्रेसले एमालेलाई पछ्याइरहेको छ ।

यस्तै तेस्रो स्थानमा एकीकृत माओवादी र चौथोमा राप्रपा नेपाल छ । हालसम्म एमालेले ५ लाख १७ ९ सय १७, काँग्रेसले ४ लाख ८२ हजार ७०६, एकीकृत माओवादीले ३ लाख ६ हजार ९सय ७  मत पाएका छन् ।

प्रत्यक्षफर्त एक सिट पनि नजितेको राप्रपा नेपालको १ लाख ४६ हजार मत छ । काठमाण्डुमा भने राप्रपा नेपाल सबैभन्दा अगाडि देखिएको छ ।

निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचनमा सहभागी भएका सबै एक सय २२ दलले मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us