मत परिणामसँगै मालाको बिक्री ह्वात्तै

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ११:३४ मा प्रकाशित

गौशाला, ८ मंसिर । संविधानसभा निर्वाचनको मतगणना परिणामसँगै महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार हजारौँ रुपैयाँको फूलको माला बिक्री भएको छ ।

शुक्रबार एमाओवादीको एक, एमालेको एक र शनिबार बिहान एमालेको एक र काँग्रेसको एक गरी चार जना उम्मेदवारले चुनाव जितेपछि जलेश्वरमा बिहानैदेखि हजाराँै रुपैयाँको माला बिक्री भएको स्थानीय मालीहरुले बताएका छन् ।

मतगणना परिणामपछि उम्मेदवारका कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुले सयपत्रीका ठूला साना फक्रेका फूलले उनीएका माला लगाउँदै  उम्मेदवारहरुलाई बधाई दिएका छन् । मतगणना परिणामपछि जलेश्वर–५ मा भरतपुर–३ बाट ७०० सयपत्रीका माला लिएर आएका रामस्नेही भण्डारी (माली) ले सबै माला हेर्दाहेर्दै बिक्री भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us