आँधी र भूकम्पले ५२ लाख बेरोजगार बनायो

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ११:२५ मा प्रकाशित

Philippines Floodsमनिला, ७ मंसिर– फिलिपिन्समा गत अक्टोबर १५ मा आएको भूकम्प र हालै आएको हेयान नामक आँधीको कारण करिव ५२ लाख व्यक्ति बेरोजगार भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले जनाएको छ ।

आफ्नो स्थाई बसोवास समेत गुमाएका ५२ लाख कामदार यस प्रकोपबाट प्रभावित भएको आइएलओले शुक्रबार जानकारी दिएको छ । स्थानीय भाषामा योलान्डाको नामले प्रचलित यस हेयान आँधीबाट मध्य फिलिपिन्समा मात्र २३ लाख व्यक्तिले आफ्नो काम गुमाएका आइएलओले प्रष्ट पारेको  छ ।

त्यसैगरी अक्टोबर १५ मा आएको ७.२ रेक्टर स्केलको भूकम्पले पनि मध्य फिलिपिन्सको बोहोलका लाखौं कामदार प्रभावित भएका जनाइएको छ । आँधी पीडितलाई विश्वका विभिन्न संस्था तथा देशहरूले सहयोग पठाइरहेका बताइएको छ । कतिपय देशले सैनिक सहयोगका साथै कतिले आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

पूर्वी द्वीप लेट तथा समरलाई भूमध्यसागरीय शक्तिशाली आँधी ‘सुपर टाइफुन हेयान’ले प्रभावित बनाएको छ । सो आँधीका कारण त्यहाँको जनजीवन तहसनहस बनाएको बताइएको छ । आँधीले आधारभूत पूर्वाधारहरू पनि भत्काएको बताइएको छ । जसका कारण नागरिकलाई खाना र बस्नका लागि पनि समस्या परिरहेको छ ।

आँधीका कारण ७५ करोड अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ । तर क्षतिको यकिन तथ्याङ्क भने अझै आइसकेको छैन । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us