कास्कीमा ६ हजार ४ सय नयाँ उद्योग

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ११:०१ मा प्रकाशित

पोखरा, ७ मंसिर– घरेलु तथा साना उद्योग कार्यालयले गत आव २०७० को असार मसान्तसम्म जिल्लामा ६ हजार ४३० वटा उद्योग सञ्चालनका लागि दर्ता गरेको छ । कार्यालयले ०६९/७० मा मात्रै ६४२ वटा उद्योग दर्ता गरेको थियो ।

दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषि तथा वन, पर्यटन र सेवामूलक बढी छन् । ती उद्योग दर्ता तथा नवीकरण गर्दा कार्यालयले एक वर्षमै रु ८८ लाख ८७ हजार ८०३ राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । उद्योगहरु स्थापनामा करिब रु १० अर्ब पुँजी खर्च भएको बताइएको छ ।

सञ्चालन भएका उद्योगबाट हालसम्म ४३ हजार जनाले रोजगारी पाएका छन् । कार्यालयले चालु आवमा मात्रै जिल्लाका विभिन्न गाविस र नगरपालिकाका वडामा स्वरोजगार एवम् सीपमूलक तालिम सञ्चालन गरेको छ । तालिमबाट  ३१४ जनाले विभिन्न तालिम प्राप्त गरेका छन् । तालिम जिल्लाका पुम्दी भुम्दी, भरतपोखरी, चापाकोट, मिजुरेडाँडा, अर्मला र रुपाकोट गाविसमा सञ्चालन भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us