अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्बन्धी सम्झौता

काठमाण्डु टुडे २०७० मंसिर ५ गते २:५८ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर–अमेरिका र अफगानिस्तानबीच सुरक्षा सम्बन्धी सम्झौता हुने सम्भावना बढेको छ । आगामी वर्ष अफगानिस्तानबाट विदेशी सेना फिर्ता भएपछि पनि अमेरिकी सेना अफगानिस्तानमा रहने गरी तयार पारिएको सम्झौतामा सहमति हुने संकेत देखिएको हो । सम्झौतामा अफगानिस्तानले असहमति जनाएपछि अमेकिराले पत्र पठाएर आफूले यसअघि गरेका गल्तिको माफि मागेपछि सहमती हुने सम्भावना बढेको बीबीसीले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री जोन केरीले अफगान प्रतिनिधिको बैठक लोया जिगरलाई पत्र लेखि गल्ती स्वीकार गरेको जनाईएको छ । लोया जिगरमा अमेरिका र अफगानिस्तानबीच हुने सुरक्षा सम्झौताको विषयमा कुराकानी हुनेछ । यदि सम्झौतामा सहमति नभएमा अमेरिकाले आगामी वर्षको अन्त्यसम्ममा आफ्ना सबै सेना फिर्ता बोलाउनु पर्ने हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us