मतपेटिका फ्याँकिएको अवस्थामा फेला, राजमार्ग ठप्प

काठमाण्डु टुडे २०७० मंसिर २ गते १०:११ मा प्रकाशित

matpetika-vote boxहेटौँडा, २ मंसिर– मकवानपुर–४ काँकडा शिलाधुनी मतदान केन्द्रका लागि लगिएका दुई मतपेटिका अज्ञात समूहले शनिबार राति लुटी फ्याँकेकामा सुरक्षाको विशेष टोलीले खोजतलास गर्दा फेला परेको छ ।

ती दुई मतपेटिका तोडफोड नभई सामान्य अवस्थामा रहेको र हाल सम्बन्धित मतदान केन्द्रका कर्मचारीको नियन्त्रणमा राखिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कपिल रेग्मीले राससलाई बताए । एकीकृत सुरक्षा टोलीले लुटेरा अज्ञात समूहको पहिचान गरेर प्रहरीले नियन्त्रणमा लिने प्रयास भइरहेको बताइएको छ ।

राजमार्ग ठप्प

नेकपा–माओवादी मोर्चाले यातायात सेवा बन्द आह्वानले पूर्वपश्चिम राजमार्ग, हेटौँडा–कुलेखानी मदन भण्डारी राजमार्ग र त्रिभुवन राजपथमा लामो र छाटो दूरीको यातायात सवारी ठप्प भएका छन् ।

शनिबार राथि काठमाण्ठुलगायत अन्य सहरबाट आएको जिप, ट्रक र रात्रिबसलाई प्रहरीको विशेष स्कर्टिङका साथ गन्तव्य स्थानमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बन्दको प्रभावले जिल्लाका भीमफेदी, पालुङ, मनहरि, लोथर, हेटौँडा–कुलेखानी, भैंसे–फापरबारीको यातायात सेवा पनि अवरुद्ध भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us