चुनाव पक्षधरबीचमै झडप हुनु गम्भीर: आयोग

काठमाण्डु टुडे २०७० मंसिर १ गते १३:४० मा प्रकाशित

काठमाण्डु, १ मंसिर– निर्वाचन आयोगले निर्वाचन पक्षधर दलका कार्यकर्ताबीचमै देशभर भइरहेका झडका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ election commition of nepal
कान्तिपथस्थित आयोग कार्यालयमा शनिबार भएको नियमित पत्रकार सम्मेलनमा आयुक्त इला शर्माले देशभर चुनाव पक्षधर पार्टीबीच भइरहेका झडपका घटनाबाट आयोग गम्भीर र चिन्तित रहेको बताइन् । उनले निर्वाचन प्रचार–प्रसारका क्रममा निर्वाचन पक्षधर दलका कार्यकर्ताबीच ३७ वटा झडप भएको जानकारी दिइन् ।

उनले सरकार र सुरक्षा निकायको समन्यवमा त्यस्ता गतिविधि रोक्ने पहल गरिरहेको उल्लेख गरिन् । ‘चुनावका पक्षमा रहेका दलहरुबीचमै झडपका घटना भएकामा आयोग गम्भीर र संवेदशनील छ’, शर्माले भनिन्, ‘सरकार र सुरक्षा निकायसँगको समन्वयमा स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

उनले निर्वाचनअघि ४८ घण्टासम्मको मौन अवधिमा दल, उम्मेदवार र सञ्चारमाध्यमले निर्वाचन आचारसंहिता पालना गर्नेमा आयोग विश्वस्त रहेको बताइन् । शर्माले सरकारले निर्वाचन सुरक्षाको भरपर्दो व्यवस्था मिलाएकाले ढुक्क भएर मतदानमा भाग दिन मतदातालाई आग्रह गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us