
दाङ, १ मंसिर– राजकिशोर यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका प्रत्यक्षतर्फका उम्मेदवार एमाले प्रवेश गरेका छन् । गणतान्त्रिकका दाङ–१ का उम्मेदवार कृष्णगोपाल गुप्ता शनिबार एमाले प्रवेश गरेका हुन् ।
गणतान्त्रिकका केन्द्रीय सदस्यसमेत रहेका गुप्तालाई तुलसीपुरमा भएको कार्यक्रममा एमाले सचिव शंकर पोखरेलले टीका लगाएर पार्टी प्रवेश गराए । दाङ–१ मा एमालेबाट रेवतीरमण शर्मा घिमिरे उम्मेदवार छन् ।