टेलिकमद्वारा अब तीन महिनासम्म छुट

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १३:१७ मा प्रकाशित

nepal telecomकाठमाण्डु, २८ कात्तिक– नेपाल टेलिकमले शुक्रबारदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ । एक अञ्चलबाट अर्को अञ्चलमा गरिने र एकै अञ्चलमा हुने ‘ट्रंकल’मा रु एकमा ९० सेकेन्ड कुरा गर्न पाइने छ । यसअघि एक मिनेटमा त्यस्तो सुविधा उपलब्ध गराइएको थियो ।

घरमा जडान गरिएको तारयुक्त ‘पिएसटिएन’, ताररहित ‘सिडिएमए’ र मोबाइलबाट शुक्रबार राति १० बजेदेखि आइतबार बिहान ८ बजेसम्म कम्पनीको सञ्जालभित्र फोन गर्दा प्रतिचार मिनेटको महसुल रु एक कायम गरेको नेपाल टेलिकमले जनाएको छ । यसअघि उक्त अवधिमा फोन गर्दा ग्राहकले प्रति दुई मिनेट रु एक तिनुपथ्र्यो ।

त्यसैगरी मोबाइल र सिडिएमए पोस्टपेड मोबाइलबाट शनिबार बिहान छ बजेदेखि राति १० बजेसम्म फोन गर्दा प्रतिमिनेट ७५ पैसा कायम गरिएको छ । यसअघि उक्त सेवाको महसुल प्रतिमिनेट रु एक कायम गरिएको थियो । टेलिकमले मोबाइल र सिडिएमए प्रिपेडबाट गरिने फोनमा पनि प्रतिमिनेट ५० पैसा घटाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us