
काठमाण्डु, २८ कात्तिक–सरकारले संविधानसभा निर्वाचनको अवधीमा दुई दिन लोडसेडिङ नगर्ने भएको छ । शान्ति सुरक्षालगायत विषयलाई मध्यनजर गर्दै मंसिर ३ र ४ गते लोडसेडिङ नगर्ने सरकारले जनाएको छ ।
सरकारका अनुसार सार्वजनिक बिदा र उद्योग कलकारखाना बन्द रहने हुँदा लोडसेडिङ हटाउन सम्भव रहेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरी बास्कोटाले चुनावका बेला उद्योगधन्दा, कलकारखाना बन्द हुने र सार्वजनिक बिदा हुँदा विद्युत प्राधिकरणलाई माग व्यवस्था गर्न सजिलो हुने भएकाले लोडसेडिङ हटाउने जानकारी दिए ।