
काठमाण्डु, २८ कात्तिक–नेपाल राष्ट्र बैंकले पहिलोपटक विहीबार तीन अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दैछ । राष्ट्र बैंकले बजारलाई व्याजदर निर्धारणको बाटो खुला गर्दै विहीबारदेखि लागू हुनेगरी सो रकमबराबरको विकास ऋणपत्र जारी गर्न लागेको हो ।
ऋणपत्रको विशेषता खुला ब्याजदर हुने राष्ट्र बैंक राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
सरकारले चालु आर्थिक वर्षमा ४४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । सोही लक्ष्य प्राप्तिका लागि तीन अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्न लागेको जनाइएको छ । सरकारको तर्पmबाट जारी गर्न लागिएको पाँच बर्षे ऋणपत्रको ब्याजदर बोलकबोलबाट बजारले निर्धारण गर्नेछ । राष्ट्र बैंकले तीन अर्बको ऋणपत्रमध्ये ७० प्रतिशत प्रतिस्पर्धी र बाँकी अप्रतिस्पर्धीमा राख्ने जनाएको छ ।
यसअघि राष्ट्र बैंकले नै निशिचत प्रतिशत ब्याजदर तोकेर विकास ऋण पत्र जारी गर्ने चलन थियो । पछिल्लो पटक जारी गरिएको विकास ऋण पत्रको ब्याजदर राष्ट्र बैंकले नांै प्रतिशत तोकेको थियो ।