पर्यटक गाडीमा गरिएको आगजनीको भ्रर्त्सना

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ३:२७ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक–होटल संघ नेपालले पोखरातर्फ गइरहेको पर्यटक सवार गाडीमा केही अज्ञात समूहले आगजनी तथा तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गर्दै घोर भ्रर्त्सना गरेको छ । साथै कास्की लेखनाथमा पार्किङ गरिराखिएको दुईवटा पर्यटक गाडीमा पनि अज्ञात समूहद्वारा तोडफोड गरिएको समाचारप्रति संघले दुःख व्यक्त गरेको छ ।

संघले विज्ञप्ति प्रकाशित गरी त्यस किसिमका क्रियाकलापबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देशको छवि नै धुमिल हुन गई पर्यटक आगमनमा दीर्घकालीन असर पर्ने हुनाले यससम्बन्धी आपराधिक र अराजक गतिविधिहरु रोक्न सम्बन्धित सरोकारवाला तथा नेपाल सरकारसँग माग गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us