
काठमाण्डु, २८ कात्तिक–विश्व मधुमेह दिवस विहीबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । सन् १९९१ देखि मनाउन थालिएको यो दिवसका अवसरमा मधुमेह रोग सम्बन्धी जनचेतना जगाउने कार्यक्रम गरिन्छ ।
मधुमेह उपचारका लागि प्रयोग गरिने इन्सुलिन बनाउन महत्वपूर्ण भूमिका खेलेका वैज्ञानिक फ्रेड्रिक व्यान्टिङको जन्मदिनको सम्झनामा हरेक वर्ष १४ नोभेम्बरमा दिवस मनाउन थालिएको हो ।
विश्वमा हाल २८ करोड ५० लाख मानिस मधुमेहबाट पीडित छन् । कम शारिरीक परिश्रम, फास्टफुड, चिल्लो, गुलियो खानेकुराको बढी प्रयोग र तनावका कारण मधुमेह रोग लाग्ने चिकित्सकहरुको भनाई छ । चिनी रोगको नामले समेत बुझिने मधुमेहको कारण मुटु, आँखा मिर्गौला तथा नसाहरुमा समेत असर गर्दछ ।
सन्तुलित भोजनको सेवन नै मधुमेह रोग नियन्त्रणको उत्तम उपाय रहेको चिकित्सकहरु बताउँछन् ।