बिभिन्न स्थानका बम सेनाबाट निष्कृय

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ३:४८ मा प्रकाशित

काठमाण्डु, २८ कात्तिक– धरान बजारको विभिन्न ४ स्थानमा अज्ञात समुहले राखेको प्रेसर कुकर बम र सकेट बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । धरान बजारको साम्पाङ चोक, धरान १३ स्थित जिरो प्वाइन्ट र क्याम्पस रोडमा भेटिएका प्रेसर कुकर बमलाई सेनाको टोलीले विहीबार विहान निष्कृय पारेको हो ।

साथै धरान ८ स्थित सिद्धार्थ रोडमा र कोसी राजमार्ग अन्तर्गत धनकुटाको जोरपाटीमा भेटिएका सकेट बम पनि सेनाको टोलीले निष्कृय पारेको छ । कोशी राजमार्गको बीच सडकमा ढुंगा थुपारेर प्लाष्टिकमा तार निकालेर राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि यातायत सेवा अबरुद्ध भएका थिए । बम निष्कृय पारेपछि यातायातका साधन नियमितरुपमा सन्चालनमा आएको प्रहरीले जनाएको छ ।

पूर्वका विभिन्न स्थानमा केही दिनयता बम भेटिने गरे पनि त्यसको जिम्मेवारी भने कसैले लिएको छैन ।

ट्रकमा पेट्रोल बम प्रहार

यसैबीच सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी गाविस भालुखोलामा ग १ क १८६७ नम्बरको ट्रकलाई लक्षित गरि अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । पेट्रोल बम प्रहार भएपनि ट्रकमा क्षति हुन भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us