धरपकड रोक्न इजिप्टलाई आग्रह

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १८:२४ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घ, कात्तिक–संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले जनताले शान्तिपूर्ण रुपमा र बिना हातहतियार गर्ने गरेका प्रदर्शनको सम्मान गर्न इजिप्टको सरकारसमक्ष आग्रह गरेका छन । Ban-ki-moon
उनले हालैका दिनमा इजिप्टका नागरिकले गर्ने गरेका शान्तिपूर्ण प्रदर्शनहरुमा सरकारी सेनाले धरपकड गर्ने गरेको र जसका कारण सयौँ नागरिकको ज्यान गएको भन्दै यस्तो आग्रह गरेका हुन ।
उनले शान्तिपूर्ण रुपमा नागरिकले उठाउने गरेका मागलाई वार्ताका माध्यमबाट समाधानको प्रयास गर्न पनि त्यहाँका अधिकारीहरु समक्ष आग्रह गरेका छन । उनले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुन पाउने नागरिक अधिकारको सम्मानका लागि पनि मङ्गलबार एक विज्ञप्तिमार्फत आग्रह गरेका हुन ।
इजिप्टका सरकारी अधिकारीका साथै सेनाले गर्ने गरेको विरोध प्रदर्शनमा धरपकडका अतिरिक्त मङ्गलबार मात्र पनि त्यहाँको अदालतले विपक्षी दल मुस्लिम ब्रदरहुडको विरोध प्रदर्शनलाई तत्कालै रोक्न आदेश दिएको थियो । सो आदेशपछि महासचिव बानको यो आग्रह आएको हो । त्यहाँको सरकारले हालै मस्यौदा गर्न लागेको भनिएको विरोध गर्न नपाइनेसम्बन्धी कानुनको पनि महासचिव बानले विराध गरेका छन ।
नागरिकका मौलिक अधिकार र अन्तर्राष्ट्रिय मूल्य मान्यताबमोजिमका अधिकारहरुको हरण गर्नेगरी कुनैपनि कानुन नबनाउन उनले सोही विज्ञप्तिमार्फत नै आग्रह गरेका छन ।
इजिप्टमा पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई अपदस्थ गरी सेनाले शासन चलाइरहेको छ । उनको दल मुस्लिम ब्रदरहुडलाई पनि सरकारले प्रतिबन्धित घोषणा गरेको छ । तरपनि सो दलका कार्यकर्ताहरुले भने सरकारको विरोधमा सडक आन्दोलन जारी राखिरहेका छन् ।

सिरियाली बिद्रोहीको निर्णयको स्वागत

सिरियाली विद्रोहीले सिरियाको द्वन्द्व समाधानको लागी जेनेभामा हुन गईरहेको शान्ति वार्तामा सहभागी हुने निर्णयलाई संयुक्त राष्ट्रसंङ्घ स्वागत गरेको छ ।
विद्रोही विपक्षी राष्ट्रिय मिलिजुली सरकारले जेनेभामा सिरियाली द्वन्द्व समाधानको लागि हुन  लागेका  शान्ति वार्तामा  सहभागी हुने निर्णय गरेको छ ।
सिरियामा  गत तीस महिनादेखि चलिरेको द्वन्द्व समाधानको लागि जेनेभामा हुने गईरहेको शान्ति वार्ता एक महत्वपूर्ण पाइला भएको अमेरिकी विदेश मन्त्रालयकी  महिला प्रवक्ता जान प्साकीले बताएकी छन ।
सिरियाली प्रमुख विपक्षी पार्टीले गत सोमबार सिरियाली राष्ट्रपति बसार अल असादले सत्ता नछोडेसम्म जेनेभा वार्तामा सहभागी नहुने बताएको थियो । सिरियाली  विद्रोहीले यसै हप्ता कुर्दिस विद्रोहीको चुनौति वावजूद पनि  नयाँ सरकारको गठन गर्ने घोषणा गरेका थिए ।
सिरियाली विद्रोही पार्टीले टर्कीको इस्तानबुलमा  जारी दुई दिने छलफलपछि जेनेभामा हुन गईरहेको शान्ति वार्ता सम्मलेनमा उनीहरुको पनि सहभागी रहेका विज्ञप्ति प्रकाशित गरिएको समाचारमा बताइएको छ ।
सिरियामा करिब तीस महिनादेखि जारी रहेको हत्या हिंसाको क्रम अझै रोकिएको छैन । यसका कारण लाखौँ नागरिक प्रभावित भइरहेका छन् । त्यसैगरी सो युद्धका कारण आजसम्ममा एक लाख २० हजार भन्दा बढीको ज्यान गइसकेको छ । यसैबीच लाखौं सिरियाली जनता जारी द्वन्द्वका कारण छिमेकी राष्ट्रमा विस्थापित भएका छन् । रासस/एएफपी/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us