भारतले दियो साढे ८१ करोडका ७१६ वटा गाडी

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १७:२६ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक–संविधानसभा निर्वाचनको प्रयोजनका लागि गृह मन्त्रालयलाई भारत सरकारले अनुदान सहयोग स्वरूप विभिन्न प्रकारका ७१६ वटा यातायातका साधन उपलब्ध गराएको छ ।
ती साधनमा ट्रक, जीप, पानी ट्याङ्कर र कार रहेका छन् । तीमध्ये नेपाल प्रहरीले ४५८, सशस्त्र प्रहरी बलले २०६ र बाँकी मन्त्रालयले प्रयोग गर्नेछन् । india
गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री माधव घिमिरेलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले ती साधन हस्तान्तरण गरेका हुन ।
ती सबै यातायातका साधनका मूल्य ८१ करोड ५० लाख रुपैया बराबर रहेको छ । संविधानसभा निर्वाचनका लागि भारत सरकारले सहयोग स्वरूप ती सवारीसाधन उपलब्ध गराएको हो । शान्ति प्रक्रियालाई पूरा गर्न र नेपाली जनताको चाहनाअनुरूपको संविधान बनाउन भारत सरकारले पु¥याएको सहयोग महत्वपूर्ण रहेको गृहमन्त्री माधव घिमिरेले बताए ।     गृहसचिव जनार्दन नेपालले यातायातका साधनलाई शान्ति सुरक्षाकै काममा प्रयोग गरिने विश्वास दिलाए ।
नेपालका लागि भारतीय रादूत रेले नेपालमा हुन लागेको ऐतिहासिक संविधानसभा निर्वाचनमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us