धमिरा र कमिला झैं लाम लागौं: उप्रेती

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १३:२३ मा प्रकाशित

nilkantha upretiकाठमाण्डु, २७ कात्तिक– नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले चुनाव असफल पार्न नसकेपछि कमभन्दा कम मत खसाल्ने वातावरण सर्जना गरी चुनावको वैधता माथि प्रश्न उठाउने दाउमा लागेको छ । उसको त्यो योजना सफल हुन नदिनका लागि प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले धमिरा र कमिला झै लाम लागेर मंसिर ४ गते चुनावमा भाग लिएर उसका सपना पूरा हुन नसक्ने बताएका छन् ।

‘भोट हाल्ने भनेर फोटो सहितको मतदाता नामावलीमा नाम लेखाएका १ कारेडा २१ लाख ४७ हजार ८ सय ६५ जना सबै भोट हाल्न सबै ठाउँ, सबै गाउँबाट सबै निस्के पछि चुनाव सफल हुन्छ’ निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने ‘कसैले रोकेर कसैले छेकेर भोट हाल्ने मतदाताको इच्छारोकेर रोकिन्न, छेकेर छेकिन्न, लोकतन्त्रवादीहरु कसेले रोकेर रोकिन्न् । लोकतन्त्रमा विरोध गर्न पाइने अधिकार भए पनि अवरोध संविधानले कसैलाई नदिएको प्रमुख निर्वाचन आयुक्त उप्रेतीको भनाइ छ ।

त्यसका लागि सरकारले सम्पूर्ण मतदाता र १७ हजार उम्मेदवारको सुरक्षा जिम्मा सरकारले लिएको भन्दै उप्रेतीले कुनै भय र त्रास विना मतदान गर्न आग्रह गरे । निर्वाचन आयोगले कुनै दललाई काखा र कुनैलाई पाखा नगरेको स्पष्ट पारेको छ ।

१८ हजार ४ सय ३८ मतदान केन्द्रमा प्रयोग गरिने ६८ प्रकारका सामग्री र फोटो सहितको मतदाता परिचयपत्र जिल्ला सदरमुकामबाट १० हजार १३ मतदानस्थलमा पुर्‍याउने काम सुरु भइसकेको आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयदेखि मतदानस्थलसम्म संवेदनशील सामग्री पु¥याउने काम सुरक्षित र व्यवस्थित बनाउन केन्द्रबाटै निरन्तर अनुगमन गर्न ‘इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम’ प्रयोगमा ल्याइएको उप्रतीले जानारी दिए । उप्रतीका अनुसार कार्यक्षेत्रमा खटिएका १८ हजार ४ सय ३८ मतदान अधिकृतले मतदान केन्द्रको अवस्थाबारे विशेष कोडमार्फत पठाउने सूचना केन्द्रमा ‘डिकोडिङ’ हुने संयन्त्र जडान गरिएको छ ।

उप्रेतीले चुनाबको सम्पुर्ण नतिजा आउन तीन हप्ता लाग्ने जानकारी दिए । प्रत्यक्ष तर्फको एक हप्ता भित्र र समानुपातिकको तीन हप्ता भित्र सम्पुर्ण नतिजा सार्वजनिक उनको भनाइ छ ।

यसैबीच मतगणनाको अद्यावधिक विवरण रेडियो, टेलिभिजन र वेभसाइटमार्फत प्रत्यक्ष प्रशारण गर्ने, प्रत्येक क्षेत्रको मतगणनामा अग्रस्थानमा रहने तीन जना प्रतिस्पर्धीको फोटोसहितको विवरण डिस्प्ले गर्ने, निर्वाचन बुलेटिनमार्फत निर्वाचन परिणामसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिने आयोगले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us