सामाखुशीमा पेट्रोल बम प्रहार, ४ वर्षकी बालिकासहित ८ घाइते

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १३:१४ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– काठमाण्डु सामाखुशीमा अज्ञात समूहद्वारा एक माइक्रो बसमाथि पेट्रोल बम प्रहार भएको छ ।

गुडिरेहके बा १ ज ९८९१ नम्बरको माइक्रोमा बुधबार पौने ५ बजे पेट्रोल बम प्रहार हुँदा ८ जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भिर रहेको प्रहरी प्रभाग सामाखुशीले जनाएको छ । घाइते हुनेमा ४ वर्षकी नाबालिका पनि परेकी छिन् । घाइतेहरुको ग्रान्डी अस्पतालमा उपचार भइरहको छ ।

बालाजुबाट महारागञ्ज जाँदै गरेको सो माइक्रोका बम प्रहारबाट झ्यालका सिसा फुटेको छ । नजिकै प्रहरी कार्यालय भएकोले माइक्रोमा आगो लाग्न नपाएको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा सानुबाबु बस्नेत, मञ्जु पन्त, रामबहादुर थापा, अप्सरा बस्नेत, ध्वजसिंह विष्ट, विनोदबहादुर चन्द, नितु श्रेष्ठ तथा उनकी साढे ४ वर्षकी छोरीमञ्जु श्रेष्ठ छन् । बम प्रहार गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us