कमल थापालाई निर्वाचन खल्लो लाग्यो

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते १०:३३ मा प्रकाशित

Kamal-Thapaपर्सा, २७ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा–माओवादीलगायत ३३ दलले संविधानसभा निर्वाचनको प्रक्रियाबाट अलग्गिएका कारण निर्वाचन खल्लो लागेको बताएका छन् ।

उनले भने, ‘माओवादीलगायतका दलहरु निर्वाचन प्रक्रियाबाट अलग्गिएपछि मुलुकमा निर्वाचनको वातावरण खल्लो भएको छ ।’ राजनीतिक र संवैधानिक सङ्कटको चक्रब्यूहमा नेपाल फसेको जिकिर गरेका छन् । थापाले संविधानसभाको निर्वाचन सम्पन्न भएपछि माओवादी सम्मिलित मोर्चालाई संविधान निर्माणको प्रक्रियामा सम्मानजनक रुपले सहभागी गराउनुपर्नेमा जोड दिए ।

‘संविधानसभाको निर्वाचनलाई सङ्कटको चक्रब्यूह तोड्ने अवसरको रुपमा प्रयोग गर्न आम नेपाली जनतालाई अपिल गर्छु’ बुधबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा थापाले बताए । उनले संविधानसभाको अर्को निर्वाचनबाट राप्रपा नेपाल चौथो शक्तिको रुपमा स्थापित हुने दाबी समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us