
काठमाण्डु, २७ कात्तिक–अज्ञात व्यक्तिहरुले काठमाण्डुको नयाँ नैकापमा नेपाल विद्यार्थी संघका एकनेताको दुई ओटा मोटरसाईकल जलाईदिएको छ ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा शंकरदेव क्यम्पसमा पूर्वस्ववियु सभापति जयकृष्ण महर्जनको दुईओटा मोटरसाईकल अज्ञात व्यक्तिहरुले बुधबार विहान जलाईदिएका हुन् ।
घरमै राखिएको बा २८ प ६६८० र बा १२ प ५०८३ नम्बरको मोटरसाईकलमा विहान ५ बजेतिर आगजनी भएको महर्जनले जानकारी दिए । मोटरसाईकल जलाउनेहरुको पहिचान भएको छैन ।