एमाओवादीले अभियानको निष्कर्ष सुनाउने

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते २:४१ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, २७ कात्तिक–एकीकृत नेकपा माओवादीले एकहप्ते मेची–महाकाली राष्ट्रिय जागरण अभियानको उपलब्धीबारे बुधबार पत्रकार सम्मेलन मार्फत् जानकारी गराउदै छ । कैलाली सदरमुकाम धनगढीमा पत्रकार सम्मेलन गरी अभियानको उपलब्धि र निष्कर्षबारे जानकारी गराइने एकीकृत माओवादीले जनाएको छ ।

यही कात्तिक २० गतेदेखि झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान मंगलबार सातौं दिन कञ्चनपुरको भिमदत्तनगरमा पुगेर समापन भएको थियो ।
अभियानको क्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेशका १२२ निर्वाचन क्षेत्र समेटिने गरी ७० वटा सभालाई सम्बोधन गरेका थिए । पूर्वको काँकडभिट्टादेखि सुदूरपश्चिमको भिमदत्तनगरसम्म पुग्दा एकहप्ते लम्बे अभियानले २ हजार किलोमिटरको यात्रा पूरा गरेको छ । यो अभियान नेपाली राजनीतिको इतिहासमा सबैभन्दा ठूलो शान्तिपूर्ण राजनीतिक लम्बे अभियान भएको एकीकृत माओवादीको दावी छ । अभियानको क्रममा करिब ७ लाख जनताबीच आफ्ना एजेण्डा प्रस्तुत गरेको माओवादीले आफ्नो पक्षमा चुनावी परिणाम आउने विश्वास लिएको छ ।

अभियानको क्रममा जनसहभागिता देखेपछि अध्यक्ष प्रचण्डले एकीकृत माओवादीले प्रत्यक्षतर्फ १ सय ६० सिट जित्ने सुनिश्चित भैसकेको अभिव्यक्ति दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us